दशैको चहलपहल बढ्यो , आज फुलपाती

दशैको चहलपहल बढ्यो , आज फुलपाती

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौँ, असोज २२ ।
बडादशैंको सातौं दिन आज फूलपाती, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

आश्विन शुक्ल सप्तमीका दिन आज गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै फूलपाती काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।
हनुमानढोका दरबारस्थित दसैँघरमा आज साढे ४ बजेको साइतमा फूलपाती भित्र्याइँदैछ । आज नै फौजी निकायको कोतघरमा फूलपाती भित्र्याइँदैछ ।

नेपाली सेनाले टुँडिखेलमा फूलपातीको बढाइँ गरेपछि दसैँघरमा फूलपाती पर्सने प्रचलन छ । आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ ।

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ । आजदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले अध्ययन व्यवसायलगायत विभिन्न कारणले मूलघरबाट टाढा रहेकाहरुको घर फर्कने चहलपहल छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ