११ बर्षदेखि मुख्य प्रशिक्षक रहेका विराटले पुलिस क्लब छाडे

११ बर्षदेखि मुख्य प्रशिक्षक रहेका विराटले पुलिस क्लब छाडे

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ,२१ असोज ।

नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठ पुलिस क्लबको टोलीबाट बाहिरिएका छन् ।

ब्यक्तिगत ब्यस्तताको कारण देखाउँदै करिब ११ बर्ष देखि क्लबको फुटबल प्रशिक्षकका रुपमा काम गरेका श्रेष्ठले पुलिस क्लबबाट बाहिरिने निर्णय गरेका हुन् ।

पुलिस क्लबलाई ३ पटक सहिद स्मारक ए डिभिजन लिग जिताएका श्रेष्ठले मोफसलका थुप्रै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको उपाधि दिलाएका थिए ।

श्रेष्ठको प्रशिक्षणमा पुलिसले २००७, २०१० र २०१२ को ए डिभिजन लिग जितेको थियो । उनकै नेतृत्वमा पुलिसले एएफसी प्रेसिडेन्ट कपको उपविजेता सम्म बन्न सफल भएको थियो ।

तत्काल कुनै ब्यवसायिक फुटबल क्लबको जिम्मेवारी नलिने बताउँदै श्रेष्ठले केही समयको आरामपछि प्रशिक्षणमा पुन फर्कने बताएका छन् ।

विराटले क्लव छाडेपछि अहिले सहायक प्रशिक्षक अनन्त थापाले पुलिस क्लबको जिम्मेवारीसम्हालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी