सातौ लिगलिगे दौडको उपाधि अनिशले जिते

सातौ लिगलिगे दौडको उपाधि अनिशले जिते

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

गोरखा ,२१ असोज ।

पर्वतका अनिश थापा मगरले गोर्खामा आयोजित सातौ लिगलिगे दौड प्रतियोगिताको उपाधि जितेका छन् ।

गोरखाको मस्र्याङदी र चेपे दोभानबाट आपपिपलको लिगलिगकोट सम्मको दुरी मगरले ५६ मिनेट १८ सेकेण्डमा पुरा गरेका थिए ।

५७ मिनेट १९ सेकेण्डमा दौड पुरा गरेका गोरखा मान्वुका शुभराज गुरुङ दोस्रो भए भने नेपाली सेनाका कृष्ण बस्नेतले ५८ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे ।

प्रतियोगितामा प्रथम हुने अनिशले ५० हजार ५ सय ५ रुपैयाँ सहित श्रीपेच पुरस्कार प्राप्त गरेका छन् । दोस्रो हुने शुभराजले ३० हजार ३ सय ५ रुपैंया र तेस्रो हुने कृष्णले २० हजार दुई सय ५ रुपैंयाँ प्राप्त गरे ।

त्यस्तै , महिला खुलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भईन् । उनले निर्धारित दुरी ४० मिनेट दुई सेकेण्डमा पुरा गर्दै १५ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरीन् ।

दोस्रो हुने नेपाली सेनाकी सानुमाया कार्कीले १० हजार ५ रुपैयाँ र तेस्रो हुने चन्द्रा राउतेले ५ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

नेपाल एकीककरण अघिको बाईसे चौविसे राज्यहरु मध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्पराको स्मरणस्वरुपमा बर्षेनी यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी