टेनिस सुन्दरी सारापोभा माथिको प्रतिबन्ध घट्यो

टेनिस सुन्दरी सारापोभा माथिको प्रतिबन्ध घट्यो

  • बुधबार, अशोज १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, १९ असोज । टेनिस सुन्दरी मारिया सारापोभा माथिको लागेको प्रतिबन्ध १५ महिना घटेको छ । खेल सम्बन्धीको अन्तराष्ट्रिय अदालतले सारापोभा माथिको प्रतिबन्ध १५ महिनामा घटाउने निर्णय गरेको हो ।

सारापोभामाथि अन्तराष्ट्रिय टेनिस महासंघ आइटिएफले दुई वर्षको प्रतिबन्ध लगाएको थियो । आइटिएफले प्रतिबन्धित औषधि प्रयोग गरेको पाएपछि सारापोभामाथि प्रतिबन्ध लगाएको थियो ।

तर खेल सम्बन्धी अन्तिम निर्णय गर्ने अन्तराष्ट्रिय अदालतले भने पाँच पटककी ग्राडसलाम विजेता सारापोभा माथिको प्रतिबन्धको समय घटाएको हो ।

उनले प्रतिबन्ध विरुद्ध गरेको अपिलमा सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो । यसको अर्थ सारापोभा आउँदो वर्षको अप्रिल २६ मा खेलमा फर्किने छिन् ।

आइटिएफले भने प्रतिबन्धित औषधि प्रयोग गरेको बारेमा आफूलाई थाहा नभएको भनेर खेलाडी उम्किन नपाउने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी