सुरक्षा नीति परिमार्जनको तयारीमा : रक्षामन्त्री

सुरक्षा नीति परिमार्जनको तयारीमा : रक्षामन्त्री

  • मङ्लबार, अशोज १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भक्तपुर, १८ असोज । रक्षामन्त्री बालकृष्ण खाँडले बिगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जनको तयारी भइरहेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले बिगतमा नेपालको सुरक्षा नीतिका बारे ब्यापक छलफल नभई आएकाले अपुरो रहेको भन्दै देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भईरहेको बताउनु भयो ।
नेपालको सुरक्षा अवस्था मजबुद रहेता पनि भैपरि आउन सक्ने राष्ट्रिय खतरा तर्फ सचेत रहँदै प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको भन्दै उहाँले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नु पर्ने र त्यसमा सरकार लागि परेको बताउनु भयो ।
उहाँले सार्क फोरमकै मूलुक माझ द्वन्द्व बढेको सन्दर्भमा नेपाल सार्कमूलकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै सिघ्र सार्क सम्मेलन गर्न नेपाल सरकार प्रयासरत रहेको बताउनु भयो ।
उहाँले नेपाली भूमि कुनै पनि मूलुकको बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको समते बताउनु भयो ।
देश संघिय स्वरुपमा गईसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघिय ढाँचा अनुसार पुर्नसंरचना गर्ने कार्यलाई तिब्रता दिइरहेको मन्त्री खाणले बताउनु भयो ।
राजनीतिक प्रसंगमा उहाँले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्नु प्रमुख दलहरुबीच सहमतीको लागि संवाद भइरहेको र दशैं तिहारका पछि छलफललाई मूर्त रुप दिँदै संबिधान संशोधन बिधेयक संसदमा प्रस्तुत् गर्ने तयारी भईरहेको बताउनु भयो ।
उहाँले संबिधान संशोधन पश्चात मधेशी दलहरुलाई सहमतीमा ल्याएर संबिधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वाताबरण तयार हुने समेत दाबी गर्नु भयो ।
हाल सम्म पनि काँग्रेसले राज्य मन्त्री पठाउन नसक्नुको पछाडी आफ्नो दलमा छलफल जारी रहेको भन्दै अवको केही दिनमै यसले पूर्णता पाउने बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयमा जसरी बाहिर अनाहाकको हल्ला गरिएको छ त्यो गलत भएको र नेपालको हित बिपरित कुनै काम नगरेको समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ