विश्वकप फुटबलमा अब ४८ टिम

विश्वकप फुटबलमा अब ४८ टिम

समूह चरण अघि नकआउट प्रतिस्पर्धा

  • मङ्लबार, अशोज १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, १८ असोज । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् ।
फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ४८ पु¥याउने प्रस्ताव गरेका हुन् ।
इन्फान्टिनोले समूह चरण अघि प्रारम्भीक नकआउट प्रतिस्पर्धा गराउने र त्यसबाट १६ टिम समूह चरणका लागि छनौट हुने तथा १६ टिम बाहिरिने प्रस्ताव गरेका हुन् । त्यसपछिको प्रतिस्पर्धा अहिलेको जस्तै रहने र त्यसमा ३२ टिम रहने उनको प्रस्ताव छ ।
समूह चरण अघिको नकआउट खेलमा ३२ टिम सहभागी हुने र विजयी टिम समूह चरणका लागि छनौट हुनेछन् ।
समूह चरणका लागि १६ टिम भने बाइ पाएर जानेछन् । आउँदो जनवरीमा हुने फिफाको काउन्सिलमा उक्त प्रस्तावका बारेमा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी