एभरेष्ट प्रिमियर लिगको उपाधि पञ्चकन्या तेजलाई

एभरेष्ट प्रिमियर लिगको उपाधि पञ्चकन्या तेजलाई

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, १७ असोज । कलर्स एक्स फ्याक्टरलाई पराजित गर्दै पञ्चकन्या तेजले एभरेष्ट प्रिमियर लिगको उपाधीको जितेको छ । आज किर्तिपुरमा भएको फाइनल खेलमा कलर्सलाई ४० रनले पराजित गर्दै पञ्चकन्या च्याम्पियन बनेको हो ।
पञ्चकन्या तेजले दिएको १७२ रनको लक्ष्य पछ्याएको कलर्स १७.३ ओभरमा १३१ रन जोड्दा अलआउट भयो । पञ्चकन्यालाई च्याम्पियन बनाउने क्रममा प्रतिभाशाली युवा ब्याट्सम्यान आशिफ शेख नायक सावित भए । म्यान अफ दि म्याच घोषित शेखले ६८ बलमा ८ छक्का र ७ चौकाको मद्दतले अविजित १ सय ११ रन जोडे ।
आशिफको यही सानदार पारीको बलमा पञ्चकन्याले कलर्ससामु १ सय ७२ रनको विशाल चुनौती पेश गरेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा १७ ओभर ३ बलमा १ सय ३१ रन जोड्दा कलर्स अलआउट भयो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४७ र राजेश पुलामी मगरले ३७ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।
बलिङमा पनि निकै सानदार प्रदर्शन गरेको पञ्चकन्याका लागि करन केसीले ३, कप्तान सरद भेसवाकर र सुशील कंडेलले समान २ तथा दिपेन्द्र ऐरीले १ विकेट लिए ।
उपाधि यात्रा तय गर्नेक्रममा पञ्चकन्या सिंगो प्रतियोगिताभर अपराजित रह्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी