अलाभेसलाई पराजित गर्दै सेभिल्ला दोस्रो स्थानमा

अलाभेसलाई पराजित गर्दै सेभिल्ला दोस्रो स्थानमा

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, १६ असोज । अलाभेसलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगको दोस्रो स्थानमा उक्लेको छ ।
गएराति भएको खेलमा अलाभेसलाई दुइ एकले हराएर सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।
सेभिल्लाको जितमा बेन यडर नायक बने । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ७४ औं मिनेटमा यडरले सेभिल्लालाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि अलाभेसका लागि भिक्टर लगार्डियाले बराबरी गोल फर्काए । तर अन्तिम समयमा यडरले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए ।
बार्सिलोनालाई पछि पारेको सेभिल्लाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ । दोस्रो स्थानको सेभिल्लाको सात खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेका रियल र बार्सिलोनाको क्रमशः १४ र १३ अंक छ ।
राति भएका अरु खेलमा लेगानेसले ग्रनाडालाई १–० तथा डिप्रोटिभो डी ला कोरुनाले स्पोर्टिङ गिजोनलाई २–१ ले हराए । यस्तै ओसासुना र लास पालमसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी