इंग्लिस प्रिमियर लिगमा चेल्सीद्धारा हलसिटी पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सीद्धारा हलसिटी पराजित

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौ, १६ असोज ।
इंग्लिस प्रिमियर लिगमा चेल्सीद्धारा हलसिटी २–० गोल अन्तरले पराजित भएको छ । गएराति सम्पन्न खेलमा चेल्सीका लागि विलियन र डिएगो कोस्टाले एक एक गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि कोस्टाले सुन्दर गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

६ मिनेट भित्रमा भएको दुई गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । जितपछि छैटौं स्थानमा उक्लिएको चेल्सीको सात खेलबाट १३ अंक भएको छ ।

सात खेलबाट सात अंक नै जोडेको हल सिटी १५ औं स्थानमा छ । राति नै भएका अरु खेलमा सन्डरल्याण्ड र वेष्ट ब्रोम तथा मिडल्सबर्ग र वेष्ट ह्यामले समान १–१ को बराबरीमा रोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी