आश्रीत विधेयकमाथि छलफल पछि आजै पारित गर्ने संसदको तयारी

आश्रीत विधेयकमाथि छलफल पछि आजै पारित गर्ने संसदको तयारी

  • शुक्रबार, अशोज १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमान्डौ असोज १४, २०७३ ।
व्यवस्थापिका संसदमा आज चालु आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयकमाथि छलफल हुदै छ ।

नयावानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा आश्रित विधेयकमाथि दफावार छलफल हुने छ ।

सरकारका तर्फबाट हिजो अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक विधेयक , राष्ट्रिय ऋण उठाउने र “ऋण तथा जमानत विधेयक प्रस्तुत गर्नुचएको थियो ।

तीन वटै बिधेयकमाथि छलफल सकि आजै पारित गर्ने संसदको तयारी रहेको संसदका सहायक प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको तीन वटा विधेयक नेकपा माओवादी केन्द्र सहितका केहि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अन्तिम समयमा आएर संसदले अस्विकृत गरेको थियो ।

आर्थिक वर्ष सुरु हुन अगावै संसदले विभिन्न मन्त्रालयगतको विनीयोजन विधेयक भने यसअघि नै पारित गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी