ईपिएल क्रिकेटमा पञ्चकन्या तेजद्धारा सगरमाथा लिजेन्ड्स पराजित

ईपिएल क्रिकेटमा पञ्चकन्या तेजद्धारा सगरमाथा लिजेन्ड्स पराजित

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, १३ असोज ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लिजेन्ड्सलाई ४९ रनले हराएको छ ।

टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । १ सय ८६ रनको लक्ष्य पछ्याएको सगरमाथाले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । पञ्चकन्याका लागि करण केसीले ३१ बलमा ५२ रन बनाए ।

यस्तै कप्तान शरद भेषावकरले ३२ बलमा ३० रन, सोनु तामाङले १२ बलमा १७ रन, पुथु बास्कोटाले २१ बलमा ३८ रन साथै कुशल भुर्तेलले ९ बलमा २२ रन बनाए । सगरमाथाका बिक्रम शोबले दुई साथै चन्द्र साउद, महबुब आलम र राहुल विश्वकर्माले एक एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको सगरमाथाका लागि महबुब आलमले १९ बलमा २३ रन, राहुल विश्वकर्माले १५ बलमा २२ रन, चन्द्र साउदले १५ बलमा २२ रन, दिलिप नाथले १७ बलमा १४ रन साथै सुनिल धमलाले १६ बलमा १८ रन बनाए ।

पञ्चकन्याका सुशिल कँडेल र शरद भेषावकरले तीन तीन विकेट लिए । यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, पुष्प थापा, कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी