काठमाण्डौ ,१३ असोज ।
कान्तिपुर गोर्खाज् एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लिग चरणबाट बाहिरिएको छ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कलर्श एक्स फ्याक्टर्ससंग १५ रनले पराजित भएसंगै कान्तिपुरको फाइनल पुग्ने संभावना सकिएको हो ।
कलर्शले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको कान्तिपुर निर्धाति २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
प्रदिप ऐरीले ३१ र अन्तिम थापाले ३० रन बनाए पनि टिमलाइ जित दिलाउन सकेनन् । कान्तिपुरलाई पराजित गर्ने क्रममा कलर्शका अमर राउटेलाले ३ तथा अभिनाश कर्णले २ विकेट लिएका थिए ।
यसअघि कलर्शले पुरै ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । उसका लागि योगेन्द्र सिंह कार्कीले सर्वा्धिक ३०, ज्ञानेन्द्र मल्लले २० र राजेश पुलामीले १७ रन बनाए ।
दोस्रो खेलमा अहिले पञ्चकन्या तेज र सगरमाथा लेजेण्डस्बीच प्रतिस्पर्धा भईरहेको छ ।