सिटीको विजयी यात्रामा पूर्णविराम

सिटीको विजयी यात्रामा पूर्णविराम

अपराजित यात्रा भने यथावत

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १३ असोज ।

म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम लागेको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको सेल्टिक र म्यानचेष्टर सिटी बिचको खेल ३–३ गोलको बराबरीमा रोकिएको छ । बराबरीपछि सेल्टिकले समूह सीमा अंकको खाता खोलेको छ ।

घरेलु मैदानमा भएको खेलमा खेलको ३ औं मिनेटमा सेल्टिकका डिफेन्डर इरिक स्भीटहेन्कोले हेडमार्फत दिएको पासलाई डेम्बेलले पहिलो गोल गरि अग्रता दिलाएका थिए ।

११ औ मिनेटमै म्यानचेष्टर सिटीका फर्मान्डिनो लुइज रोजाले गोल गर्दै खेल बराबरी बनाए । २० औं मिनेटमा सेल्टिकका डिफेन्डर कियरन थियन्री हानेको प्रहार म्यानचेष्टरर सिटीका रहिम स्ट्रिलिङलाई लागेर आत्मघाती गोल भएको थियो । आत्मघाती गोल गरेर निकै तनावमा आएका स्ट्रीलिङले आत्मघाती गोल गरेको आठ मिनेट पछि अर्थात २८ औं मिनेटमा गोल गर्दै म्यानचेष्टर सिटीलाई बरबरीमा ल्याएका थिए ।
पहिलो हाफसम्म खेल २–२ को बराबरीमा टुंग्एिको थियो । सेल्टिकले दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गोल गर्दै फेरि अग्रता लियो । डेम्बेलले ४७ औं मिनेटमा गोल गर्दै फेरि सेल्टिकलाई अग्रता दलाएका थिए । म्यानचेष्टर सिटीका नोलिटोले ५५ औं मिनेटमा गोल गर्दै सिटीलाई हारबाट जोगाए । त्यसपछि खेलमा थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।

पेप ग्वार्डिओला प्रशिक्षक भएपछि म्यानचेष्टर सिटीले यसअघि खेलेका सबै खेल जितेको थियो । तर, बेन्डन रोजर्सले त्यसको अन्त्य गरेका छन् तर, अपराजित यात्रा भने अझै कायमै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी