आज विश्व मुटुरोग दिवस

आज विश्व मुटुरोग दिवस

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ असोज १३ ।
आज विश्व मुटु रोग दिवस नेपालमा पनि विभिन्न जनचेताना मूलक कार्यक्रम गरी मनाइदै छ ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन् ।

मुटु रोगका बारेमा जनचेतना फैलाउने उदद्देश्यले हरेक वर्ष सेम्टेम्बर २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

अस्वस्थकर जिवन शैली, बंशानुगत, अनियमित खानपानका कारणले गर्दा मानिसमा मुटु रोग हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओको प्रतिवेदनले जनाएको छ ।

मुटु रोगका कारण विश्वभर प्रत्येक वर्ष १ करोड ७३ लाख मानिसले ज्यान गुमाउने गरेको डब्लु एच ओको प्रतिवेदनले देखाएको छ । नेपालमा पनि वर्षेनी मुटु रोगका कारण ३३ सय ३८ जनाको मृत्यु हुने गरेको तथ्याङ्कक छ ।

नेपालमा मुटुरोगीको संख्या वृद्धि हुनुका कारण नेपाली आकाशमा घोलिएको विशाक्त हावा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वायू प्रदुषणकै कारण नेपालमा हरेकवर्षमा ९ सय २३ जनामा फोक्सोको क्यान्सर, १ हजार ७ सय ७० जनामा दम,७ सय ४० जनामा तल्लो श्वास नलीको संक्रमण हुने गरेको चिकित्सकहरुको भनाई छ ।

धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी