रेडबुल फुटसल लिगमा कुमारी , बानेश्वर र शंखमुल विजयी

रेडबुल फुटसल लिगमा कुमारी , बानेश्वर र शंखमुल विजयी

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,१२ असोज ।
रेडबुल फुटसल लिग अन्तर्गत् आजका खेलहरुमा कुमारी फुटसल, बानेश्वर रिक्रिएसन सेन्टर र शंखमुल फुटसल विजयी भएका छन् ।

समूह ‘बी’को दोस्रो खेलमा पकनाजोलको कुमारी फुटसलले बौद्धको हाइवे फुटसललाई ३–१ ले हराउदा समूह ‘ए’अन्तर्गत्को खेलमा बानेश्वर फुटसलले ह्वाइटहर्स फुटसललाई ५–२ ले पराजित गर्यो ।

कुमारीलाई विजयी गराउन रुपेश क्षेत्री, अलिग तामाङ र अभिषेक रिजालले एक–एक गोल गरे । पराजित टोली हाइवेका लागि अमित तामाङले एक् गोल फर्काए ।

विजयी टोली कुमारीले अंकतालिकामा तीन अंक जोड्दा पराजित टोली हाइवेका अमित तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, नीलोपुलस्थित ह्वाइटहर्सको मैदानमा भएको समूह ‘ए’अन्तर्गत्को खेलमा बानेश्वर फुटसललाई जिताउन करुण ज्ञवाली र कर्फु रसाइलीले २–२ तथा मनीष रानाले एक गोल गरे ।
पराजित टोली ह्वाइटहर्सको लागि रितेश लामा र राजिभ भुजेलले एक–एक गोल गरेक थिए । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेका बानेश्वर फुटसलका गोलरक्षक रजत शर्मा ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, समूह ‘बी’को खेलमा शंखमुल फुटसलले कीर्तिपुर फुटसललाई १०–४ ले हराएको छ ।

कीर्तिपुरमा भएको खेलमा शंखमुललाई विजयी गराउन अभय राना र शेरबहादुर थापामगरले ३–३ गोल गरे भने दिनेश राजवंशीले २ गोल गरे ।

यसैगरी, सहयोग चाम्लिङ राई र विप्लभमानले एक–एक गोल थपे । खेलमा ह्याट्रिक गर्न सफल शेरबहादुर थापामगर म्यान अफ द म्याच घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी