ईपिएल क्रिकेटमा पन्चकन्या ३४ रनले विजयी

ईपिएल क्रिकेटमा पन्चकन्या ३४ रनले विजयी

कान्तिपुर गोर्खाजको अघिल्लो चरण प्रवेशको सम्भावना न्युन

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,१२ असोज ।

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा कान्तिपुर गोर्खाजलाई ३४ रनले पराजित गर्दै पञ्चकन्या तेजे विजयी भएको छ ।

आजको हारसँगै चार खेलबाट ३ अंकमात्र जोडेको कान्तिपुरको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । लगातार तीन खेलमा विजयी पञ्चकन्या भने ६ अंकमा शीर्ष स्थानमा छ ।

त्रिबि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा पञ्चकन्याले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो ।

उसका लागि सन्दिप झोराले नटआउट सर्वा्धिक १७ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ४ र करण केसीले २ विकेट लिएपछि कान्तिपुर सस्तैमा समेटियो ।

गरेको पञ्चकन्याले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । उसका लागि पुष्प थापाले नटआउट रहँदै ३८ र आरिफ शेखले ३२ रन बनाए ।

यस्तै दिपेन्द्र सिंह ऐरीले २२ र करण केसीले १७ रन बनाए । कान्तिपुरका वलरले १७ रन अतिरिक्त दिएका थिए ।

६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै सातौं विकेटका लागि पुष्प थापा र दिपेन्द्र सिंह ऐरीले ५२ रनको साझेदारी गरेका थिए ।

पञ्चकन्याका तीन जना ब्याट्सम्यान डक आउट भएका थिए । अभिनाष बोहोराले ४ तथा कृष्ण कार्की, ललित भण्डारी र ललित राजवंशीले समान एक विकेट लिएपनि पञ्चकन्यालाई सस्तैमा समेट्न भने सकेनन् ।
लिग चरणको अन्तिम खेलमा कान्तिपुरले भोली कलर्श एक्स फ्याटर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी