यूएफा च्याम्पियन्समा लेष्टर सिटिको लगातार दोस्रो जीत

यूएफा च्याम्पियन्समा लेष्टर सिटिको लगातार दोस्रो जीत

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी असोज १२।
युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले लगातार दोस्रो जित हात पारेको छ ।

लेष्टर सिटीले समुह जी अन्तर्गत भएको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १–० ले पराजित गर्दै विजयी भएको हो । यही समुहको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४–० ले हराएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत समुह ई को अर्काे खेलमा टोटनह्याम हट्सपरले रुसको सि.एस.के.ए मस्कोलाई १–० ले हराउँदा फ्रान्सको मोनाको र जर्मनीको बायर लिभरकुजनले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह एफ को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डले स्पेनको रियल मड्रिडलाई २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा रियल मड्रिडका क्रिश्टियानो रोनाल्डो र राफेल भारानेले १÷१ गोल गर्दा डर्टमण्डका पिएरे औबामाएङ्ग र आन्द्रे श्रुलले एक–एक गोल गरे ।

यही समुहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले पोल्याण्डको लेजिया वार्सलाई २–० ले हरायो ।

उता समुह एच को खेलमा ईटालीको युभेन्टसले क्रोएसियाको डाईनामो जागे्रेबलाई ४–० ले हराउँदा स्पेनको सेभियाले फ्रान्सको लियोंलाई १–० ले पराजित गरेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह ए देखि डी सम्मका बाँकी ८ खेल आज राति हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी