ईपिएल क्रिकेटमा सगरमाथालाई हराउदै कलर्स एक्स फ्याक्टस विजयी

ईपिएल क्रिकेटमा सगरमाथालाई हराउदै कलर्स एक्स फ्याक्टस विजयी

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,११ असोज ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा सगरमाथा लिजेन्ड्सलाई ९ रनले हराउदै कलर्स एक्स फ्याक्टर्स विजयी भएको छ ।

टस हारेपछि पहिले ब्याटिङमा आएको कलर्सले २० ओभर पूरा खेलेर ६ विकेट गुमाउँदा १ सय ६८ रन बनायो । कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमा ५२ रन र राजेश पुलामी मगरले ३८ बलमा ५६ रन बनाए ।

यस्तै फजलुर रहमानले १२ बलमा २१ र हरिशंकर शाहले २१ बलमा १३ रन बनाए । सगरमाथाका बिक्रम शोब र महबुब आलमले २र२ तथा रुपेश श्रीवास्तव र राहुल विश्वकर्माले १र१ विकेट लिए ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सगरमाथाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो । सगरमाथाका सुनिल धमलाले ३६ बलमा ४६ रन, विनोद भण्डारीले २८ बलमा ४८ रन, महबुब आलमले १७ बलमा २३ रन बनाए ।

कलर्सका अभिनास कर्णले दुई साथै अमर रौतेला र योगेन्द्र सिंह कार्कीले १र१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी