धादिङ बस दुर्घटनाका १३ जनाको सनाखत

धादिङ बस दुर्घटनाका १३ जनाको सनाखत

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

धादिङ, असोज ११ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस दुर्घटनामा परि मृत्यु भएका १३ जनाको सनाखत भएको छ ।

दुर्घटना परि मृत्यु भएको १९ मध्ये १३ चालक सहित जनाको सनाखत भएको हो ।

सनाखत हुनेहरुमा सत्यदेवी गाउँ विकास समिति–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ वर्षीय छोरा छन् ।

यस्तै, सत्यदेवी–३ का तिलबहादुर तामाङ, री–८ का चन्द्रमान तामाङ, मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दिल कुमारी पौडेल, उनकी छोरी कमला पौडेल र बसका चालक गोरखाका गंगा सुनार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी