काठमाडौं, ११ असोज ।
एभरेष्ट प्रिमियर क्रिकेट प्रतियोगितामा जगदम्बा राइनोजले पहिलो जित दर्ता गरेको छ । किर्तिपुर क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जगदम्बाले कान्तिपुर गोर्खाज्लाई ११ रनले पराजित गर्यो ।
जितका लागि १ सय २५ रनको चुनौती पछ्याएको कान्तिपुरले २० ओभरमा आठ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।
नियमित अन्तरमा विकेट गुमाएको कान्तिपुरका लागि अनिल २८ तथा सन्दिपले ४२ रन बनाउनु बाहेक अन्य ब्याट्मेनले खासै प्रभाव देखाउन सकेनन् ।
यसअघि जगदम्बाले सोमपाल कामीको ४४ रनको मदतले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
सोमपालले ३० बलमा चार छक्का प्रहार गरे । यस्तै सुवेन्दु पाण्डेले २१ रनको योगदान दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline