स्थानीय निकायबारे तीन दलबीचको सहमतीप्रति राप्रपा नेपाल र तमलोपाको असन्तुष्टी

स्थानीय निकायबारे तीन दलबीचको सहमतीप्रति राप्रपा नेपाल र तमलोपाको असन्तुष्टी

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,११ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको पुनरसंरचनामा हालकै संरचनालाई आधार मानि निर्वाचन गर्ने प्रमुख तीन दलको निर्णयप्रति आपत्ति जनाएको छ ।

ब्यावस्थापिका संसदको आजको बैठकमा विषेश समय लिएर बोल्दै चौथो ठूलो दल राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले तीन दलको सहमति लोकतन्त्र र संविधानको मर्म विपरित भएको भन्दै दलहरुको सो सहमती संसदलाई जानकारी गराउन माग गर्नुभयो ।

आइतबार तीन दलको बैठकले देशभर रहेका नौ सय २७ वटा इलाका प्रशासनलाई आधार मानेर स्थानीय तह पुनरसंरचना गर्ने सहमति गरेको थियो ।

देशमा तीन दलीय सिण्डिकेट सुरु भएको आरोप उहाँले इलाकालाई आधार मानेर पुनरसंरचना गर्दा उद्देश्यविपरीत हुने भएकाले तत्तकाल सच्याउन आग्रह गर्नुभयो ।

यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले पनि इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने निर्णयको विरोध गरेको छ ।
तमलोपाका सांसद जंगीलाल रायले इलाकालाई आधार मानेर पुनर्संरचना गर्नु न्यायोचित नहुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ