विशाल वारियर्सद्धारा सगरमाथा लिजेन्ट्सलाई २५ रनले पराजित

विशाल वारियर्सद्धारा सगरमाथा लिजेन्ट्सलाई २५ रनले पराजित

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, असोज १०।

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएल अन्तर्गत आज भएको दोस्रो खेलमा विशाल वारियर्सले सगरमाथा लिजेन्ट्सलाई २५ रनले हराएको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको विशाल वारियर्सले निर्धा्रित ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

विशाल वारियर्सका लागि कप्तान पारस खड्काले ४५ बलमा ९९ रन बनाए । उनले २ चौका र १० छक्का हानेका थिए । यस्तै सुरज कुर्मीले ४० बलमा ३० रन बनाए ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको सगरमाथा लिजेन्ट्सले २० ओभर पूरा खेलेर ५ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।

सगरमाथाका लागि सुनिल धमलाले ६० बलमा ८७ रन र मेहबुब आलमले १३ बलमा २७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । विशाल वारियर्सका सुशन भारीले २ साथै दिपेश खत्री र सागर पुनले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी