थ्रीस्टार बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनल प्रवेश 

थ्रीस्टार बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनल प्रवेश 

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, असोज १० ।

भारतको गुवाहाटीमा भएको ६४औं संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितामा नेपालको थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

 नेहरु स्टेडियममा  भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुंगो सोमबार (आज) हुने समूह ‘बी’अन्र्तगत्को लिग चरणको अन्तिम खेलले लगाउने छ ।

नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित र एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो । समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो ।

उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताकोरुपमा सेमिफाइनलमा पुर्‍याएको छ ।

एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनील बलको फ्रिकिकमा निराजन खड्काले हेडगोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५औं मिनेटमा उनले गोल गरेका हुन् ।

खेलमा अग्रता भने २७औं मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ३३औं मिनेटमा पेनाल्टीमार्फत् खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर, विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी