इपिएल क्रिकेटमा पन्चकन्याको लगातार दोस्रो जित

इपिएल क्रिकेटमा पन्चकन्याको लगातार दोस्रो जित

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ,१० असोज ।
पन्चकन्या तेजले राजधानीमा जारी एभरेष्ट प्रिमियर क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कलर्स एक्स फ्याक्टरर्सलाई ३४ रनले हराउर्दै पन्चकन्या विजयी भएको हो ।

१ सय ५५ रनको चुनौति पछ्याएको कर्लसले पुरै ओभर खेल्दा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । कलर्सले टस जितेर पहिले बलिङ गरेको राजेको थियो ।

ओपनर फजरुल रेहमान गोल्डन डकआउट भएको कलर्सको ईनिङमा हिमांसु दत्तले सर्वाधिक रन बनाएका थिए । हरिशंकर शाह २५ र कप्तान ज्ञानेन्द्र मल्ल २० रन बनाएर पेभेलियन फर्कदा अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन ।

पन्चकन्याका लागी करण केसी र शरद भेषवाकरले समान ३ विकेट लिएका थिए । यस्तै दिपेन्द्र सिंह ऐरि र सुसिल कडेलले एक एक विकेट हात पारेका थिए ।

यसअघि पहिले व्याटिङ गरेको पन्चकन्याले निर्धारित ओभरमा ३ विकेट गुमाई १ सय ५४ रनको योगफल बनाएके थियो ।

उसका लागी आयुष शेखले ६७ , शरद भेषवाकरले ४० तथा सञ्जय श्रेष्ठले २४ रनको योगदान गरे । ५१ रनमा पहिलो विकेट गुमाएको पन्चकन्याका लागी आयुस र शरदले दोस्रो विकेटका लागी ८३ रनको साझेदारी गरेका थिए ।

पृथु बास्कोटा ७ र दिपेन्द्र सिंह ऐर १ रनमा नटआउट रहे भने अभिनास कर्ण , सन्ड्रम रेग्मी र अमर राउतेलाले समान १ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी