बार्सिलोनाले गिजोनलाई पाँच ठोक्यो, रियल मड्रिड र पाल्मास बराबरी

बार्सिलोनाले गिजोनलाई पाँच ठोक्यो, रियल मड्रिड र पाल्मास बराबरी

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, ९ असोज । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई पाँच शुन्यले हराएको छ । लिओनल मेस्सी विनाको बार्सिलोनालाई सहज जित दिलाउन नेयमारले दुई गोलको योगदान गरे । बार्सिलोनाका लागि लुइस स्वारेजले २९ औं मिनेटमा पहिलो गोल गरेर शुरुवाती अग्रता दिलाए । त्यसपछि ३२ औं मिनेटमा राफिन्हाले गोल गर्दै गोल अन्तर दुई शुन्यमा पु¥याए । थप तीन गोल बार्सिलोनाले खेलको दोस्रो हाफको सात मिनेटको बीचमा गरेको हो । ७४ औं मिनेटमा अलबेर्टो लोरा रातो कार्ड खाँदै बाहिरिएपछि गिजोन दबाबमा परेको थियो । बार्सिलोनाका लागि त्यसपछि खेलको ८१ औं मिनेटमा नेयमारले गोल गरे । उनले गोल गरेको चार मिनेटमै आर्डा टारुनले गोल गर्दै अग्रता चार शुन्यमा पु¥याए । त्यसपछि खेलको ८८ औं मिनेटमा बार्सिलोनाका लागि नेयमारले थप एक गोल गर्दै पाँच शुन्यको फराकिलो जित निश्चित गरे ।
गएराति नै भएको अर्काे खेलमा रियल मड्रिड र लास पाल्मासले दुई दुई गोलको बराबरी खेलेका छ । खेलमा रियलका लागि मार्को एसेन्सियो र करिम बेन्जिमाले गोल गरे । पाल्मासका लागि टाना र सर्जियो इजेक्वियल आराउजोले गोल गरे । बराबरीसँगै दुबै टिमले अंक बाँडेका छन् । अन्य खेलहरूमा एथ्लेटिको बिल्बाओले सेभिल्लालाई तीन एक गोल अन्तरले र इआबारले रियल सोसिडाडलाई दुई शुन्यले पराजित गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी