माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुनबाट बच्यो

माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुनबाट बच्यो

हेलिकप्टरमा सवार सबै सकुशल

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ९ असोज । लुक्ला बिमानस्थलबाट बिरामी लिन जुविङ गएको माउन्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएको माउन्टेन एयरले जानकारी दिएको छ । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको तापनि हेलिकप्टरमा पाइलट र पाँच जना यात्रुहरु सकुशल रहेका छन् ।
जुविङ–५ का जसबहादुर राई भीरबाट लडेर गम्भीर घाइते भएपछि उनलाई लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन बिहान करिब ७ बजेतिर जुविङ गएको थियो ।

फाइल तस्वीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ