म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै, आर्सनलले चेल्सीलाई हरायो

म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै, आर्सनलले चेल्सीलाई हरायो

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ९ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले विजयी यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीमाथि तीन शुन्य गोल अन्तरको जीत निकालेको छ । सिटीको जितमा सर्जियो एग्युरोले दुई र राहिम स्टर्लिङले एक गोलको योगदान दिए । स्वान्सीका लागि फर्नान्डो लोरेन्टेले सान्त्वना गोल गरे । यस सिजनबाट पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीको यो लगातारको दशौं जित हो । शनिबार राती भएको अर्को खेलमा आर्सनलले चेल्सीलाई तीन शुन्यले हराएको छ । आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै ३ गोल गरेको हो । आर्सनलका लागि अलेक्सिस सान्चेज, थियो वाल्कट र मेसुट ओजीलले एक एक गोल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी