बोर्डाेलोई ट्रफिको दोस्रो खेलमा आज थ्रीस्टारले ओयलसँग प्रतिस्पर्धा गर्दै

बोर्डाेलोई ट्रफिको दोस्रो खेलमा आज थ्रीस्टारले ओयलसँग प्रतिस्पर्धा गर्दै

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी असोज ७ ।
भारतको गुवाहटीमा जारी ६४ औँ संस्करणको बोर्डोलोई ट्रफीको दोस्रो खेलमा आज थ्री स्टार क्लबले ओयल इन्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल गुवाहाटीको नेहरु स्टेडियममा बेलुका ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबविरुद्ध ६–१ प्रभावशाली जित निकालेको थ्रीस्टारले आज लिग चरणको दोस्रो खेलमा ओयल इन्डियसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यस्तै ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले आजको ओयल सँगको खेलमा पनि जीत निकाली सेमिफाइनल प्रवेशको योजना बनाएको छ ।

ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ ।

समुह ए अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा बारक फुटबल क्लबलाई ५–० ले पराजित गर्दै सिलोङ लाजोङ चार अंकसहित समूह एको शिर्ष स्थानमा छ ।

समान एक खेल खेलेका थ्रीस्टार तीन अंकसहित दोस्रो र ओयल इन्डिया १ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित बारक एफसी अंकविहिन हुँदै पुछारमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी