हरेक परिवर्तमा मिडियाको महतवपूर्ण भुमिका :भण्डारी

हरेक परिवर्तमा मिडियाको महतवपूर्ण भुमिका :भण्डारी

बिभिन्न बिधाका ३३ जना पत्रकार पुरस्कृत

  • बिहिबार, अशोज ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, असोज ६ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले युगान्तकारी परिवर्तनका लागि सन्चारक्षेत्रको ठूलो योगदान रहने भएकाले सहि सुचना प्रवाह गर्नपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस काउन्सिलको ४७औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले मुलुकमा भएका हरेक परिवर्तमा मिडियाको महतवपूर्ण भुमिका रहेको बताउनु भयो ।

समयको गतिसँगै बृद्धि हुदै गएका सन्चारसंस्थालाई ब्व्यावस्थीत र मर्यादित बनाउदै पत्रकारिताको विकासमा प्रेस काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।

कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देश र जनताप्रति पत्रकारिताजगत् मर्या्दित भएर आफ्नो पेशामा लाग्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, नेपाल पत्रकार महासंघको अध्यक्ष डा. महेन्द्र विष्टले परिवर्तनको मान्यतालाई आत्मसाथ गर्दै सन्चार क्षेत्रले चौथो अंगको भूमिकालाई मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

काउन्सिलले आफ्नो वार्षिकउत्सवको अवशरमा आज ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

काउन्सिलले क्रियाशील पत्रकारिता पुरस्कार तीनजनालाई, सशक्तलेखन पत्रकारिता पुरस्कार चारजनालाई, युवा सशक्तीकरण पुरस्कार पाँचजनालाई, समावेशी पत्रकारिता पुरस्कार ६ जनालाई र सन्चारकर्मी पत्रकारिता पुरस्कार चारजनालाई प्रदान गरेको हो ।

त्यसैगरी, भाषागत पत्रकारिता पुरस्कार एकजनालाई, स्तम्भलेखन पुरस्कार तीनजनालाई, साहित्यक पत्रकारिता पुरस्कार एकजनालाई, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार एकजनालाई र गोपालदास पत्रकारिता पुरस्कार एकजनालाई प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ