ट्रफी ह्याण्डबलकम सहभागी नेपाली महिला तथा पुरुष टिमको घोषणा

ट्रफी ह्याण्डबलकम सहभागी नेपाली महिला तथा पुरुष टिमको घोषणा

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,५ असोज ।

मध्य दक्षिण एशियालीस्तरको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला तथा पुरुष टिमको घोषणा गरिएको छ ।

असोज २३ गतेदेखि २७ गतेसम्म बंगलादेशको ढाकामा हुन प्रतियोगितामा १४ महिला र १४ पुरुष खेलाडिको छनोट गरिएको हो ।

महिला खेलाडीमा निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, संगिता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खड्का, आकृती गुरुङ्ग, बविता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन् ।

महिलाको टिम म्यानेजरमा संघका सदस्य प्रकाश कुमार सुनुवार र प्रशिक्षकमा पर्वत गुरुङ्ग र विन्दा कुमारी महाराजी छन् ।

त्यसैगरि छनौटमा परेका पुरुष खेलाडीमा तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ्ग रहेका छन ।

यसै गरि टिमको म्यानेजरमा संघका उपाध्यक्ष भिम बहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन् ।

सन् २०१२ मा नेपाल र सन् २०१४ मा पाकिस्तानमा भएको प्रतियोगितामा नेपाली महिला टोली तेश्रो भएको थियो ।

अन्तर्रा्ष्ट्रिय ह्याण्डबल महासंघले हरेक दुई वर्षमा आयोजना गर्ने आइ एच एफ ट्रफीमा यमनसहित ९ राष्ट्रको सहभागिता रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी