कन्चनपुर ।
विद्यार्थीहरुले आज सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पढाइ सुचारु गर्न माग गर्दै उपकुलपति र रजिष्ट्रारलाई सभाकक्षमा नै थुनेका छन् ।
प्राध्यापकहरुले गरेको ‘पेनडाउन’का कारण विगत एक सातादेखि पढाइ बन्द रहेकाले विद्यार्थीहरुले उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार विजराज भट्टलाई तीनघन्टा कार्यकक्षमा थुनेका हुन् ।
विश्वविद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था र दुई महिनादेखि सेवा आयोगमा लगाएको ताला खोल्नुपर्ने माग राखेर विज्ञान संकायका प्राध्यापकहरुले गत सातादेखि पेनडाउन गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline