पत्रकार बर्देवामाथि प्रहरीको दुव्र्यवहार

पत्रकार बर्देवामाथि प्रहरीको दुव्र्यवहार

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,५ असोज ।
क्रान्तिकारी पत्रकार संगठनले रेडियो मिर्मिरेमा कार्यरत पत्रकार सुदिप वर्देवामाथि ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा रिपोर्टिङका क्रममा दुब्यबहार भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका अध्यक्ष प्रभात चलाउनेले आज विज्ञप्ती निकालेर समाचार संकलनका क्रममा कार्यलय पुगेका बर्देवालाई हातपात गर्नुका साथै नियन्त्रणमा लिएको घटना प्रेस स्वतन्त्रता बिरोधी भएको भन्दै बिरोध गर्नुभएको हो ।

चालक अनुमति पत्र लिनका लागि आज बिहान तीन बजेदेखि नै आवेदकहरु लाइनमा बसेपनि बिहान ८ बजेपछि सर्भरले काम नगरेको भन्दै कार्यलयले सुचना टासेर काम नहुने जनाएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

लाईसेन्सका लागी लाईनमा बसेका आवेदकहरुले नाराबाजी गर्दै बिरोध जनाएपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिन हस्तक्षेप गरि केहिलाई नियन्त्रणमा लिएको थियो ।
सोहि घटनाको समाचार संकलनका लागी गएका बर्ढेवालाई पनि फोटो खिचिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आधा घण्टा पछि छाडेको थियो ।

संगठनका केन्द्रिय सदस्य समेत रहेका बर्देवाले आफुले परिचयपत्र देखाउदा पनि प्रहरीले आफुमाथि हातपात गरेर नियन्त्रणमा लिएको जनाएका छन् । प्रहरीले भने सर्भर खराबिका कारण काम हुन नसकेको घटनालाई उचालेर कार्यलयमा नाराबाजी गरेका हरुलाई नियन्त्रणमा लिने क्रममा उनी परेको जनाएको छ ।

संगठनले यस घटनाले स्वतन्त्र प्रेसमाथि राज्यका सुरक्षा निकायको बुझाई प्रष्ट पारेको भन्दै प्रहरीको यस प्रकारको व्यवहारको घोर भत्र्सना गरि घटनामा संलग्न प्रहरीमाथि तत्काल कारवाही गर्न पनि विज्ञप्तीमार्फत माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ