प्रिमियर लिगमा चेल्सी, आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश

प्रिमियर लिगमा चेल्सी, आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ,५ असोज ।
इङलिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा चेल्सी, आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा लिसेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै चेल्सीले चौथो चरणमा स्थान बनाएको हो ।

खेलको निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा चेल्सीले थप दुई गोल गर्दै लिसेस्टर सिटीलाई पराजित गरेको हो ।

चेल्सीको जितमा सेस फाब्रिगासले दुई तथा ग्यारी काहिल र इसार एपिलिक्वेटाले एक एक गोल गरे । लिसेस्टरका शिन्जी ओकाजाकीले दुई गोल गरे ।

गएराति नै भएको अर्काे खेलमा आर्सनलले नोटिङहम फरेस्टलाई ४–० ले पराजित गरेको छ । आर्सनलको जितमा पेरेज मार्टिनेजले दुई तथा ग्रानिट जाका र ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे ।

त्यस्तै अर्को खेलमा लिभरपुलले डर्बीलाई ३–० ले हराएको छ । लिभरपुलका लागि रागनर क्लावान, फिलिपे कोउटिन्हो र डिवोक ओरिगीले एक एक गोल गरे ।

अन्य खेलमा प्रेस्टनले बोर्न माउथलाई ३–२ गोल अन्तरले पराजित गरेको छ भने रिडिङले ब्रिगटनलाई २–१ ले हराएको छ । त्यस्तै नर्विचले एभर्टनलाई २–० पराजित गर्दा लिड्सले ब्ल्याकबर्नलाई १–० तथा न्युक्यासलले वुल्भसलाई २–० ले हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी