म्यान्चेष्टर युनाइटेड वाट्फोर्डसँग पराजित

म्यान्चेष्टर युनाइटेड वाट्फोर्डसँग पराजित

  • सोमवार, अशोज ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी असोज ३ ।
इङ्गलिश प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा वाट्फोर्ड विजयी भएको छ ।म्यानचेष्टर युनाइटेड वाट्फोर्ड सँग ३ –१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा वाट्फोर्डलाई विजयी गराउन क्यापु, जुनिगा र डिनेले एक एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका लागि मार्कस रास्फोर्डले एक गोल फर्काएका थिए ।

हारसँगै म्यान्चेस्टर युनाईटेडलाई नयाँ सिजनको प्रिमियर लिग फुटबलमा सुरुवाती झट्का लागेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले सण्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । त्यस्तै क्रिष्टल प्यालेसले स्टोक सिटीलाई ४–१ को गोल अन्तरले हराएको छ भने तथा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ ।

सो खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।
समान खेलबाट १३ अंक जोडेको एभर्टन दोस्रो स्थानमा छ भने ११ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा उक्लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी