म्यान्यु फेरी पराजीत

म्यान्यु फेरी पराजीत

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, असोज २ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई फेरि अर्को झट्का लागेको छ ।

निरन्तर तीन खेल गुमाउने क्रममा म्यानयुले नवप्रवेशी टिम वाट्फोर्टसँग उसकै मैदानमा ३–१ को हार बेहोरेको छ ।

खेलको ३४ औं मिनेटमा गोल खाँदै म्यानयु पछाडि परेको थियो । ६२ औं मिनेटमा मार्कस रसफोर्डले गोल फर्काउँदै बराबरी गरे । तर त्यसपछि निरन्तर दुई गोल खाँदा म्यानयु ठूलो हार बेहोर्न बाध्य भएको छ ।

यसअघि गत हप्ता म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीसँग घरेलु मैदानमा पराजित भएको म्यानयु युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा पनि डच क्लवसँग पराजित भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी