भारतसँग भएको सहमतिले चीनको सम्बन्धलाई असर गर्दैन : प्रचण्ड

भारतसँग भएको सहमतिले चीनको सम्बन्धलाई असर गर्दैन : प्रचण्ड

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणले दुई देशको सम्बन्धमा आएको तिक्ततालाई मेटाएर थप सुदृढ बनाएको बताउनुभएको छ । भारतसँग भएको सहमतिले चीनको सम्बन्धलाई असर नगर्ने उहाँको दाबी छ ।

भारतको चार दिने राजकीय भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले सन्तुलित नीति लिएकाले चीनसँगको सम्बन्धमा असर नपर्ने दाबी गर्नुभयो ।
‘भारत भ्रमणमा भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई असर गर्ने अवस्था छैन,’ उहाँले थप्नुभयो, ‘भारतसँगको सम्बन्धको आफ्नै आयाम छ, हामी सन्तुलित नीतिका साथ अघि बढेको अवस्थामा चीनसँगको सम्बन्धमा असर पर्दैन ।’

प्रचण्डले दुई देशका विषयमा मात्र नभएर भारत भ्रमण क्षेत्रीय विकासमा केन्द्रीय भएकाले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने समेत प्रष्ट पार्नुभयो ।

भारत भ्रमणका क्रममा भएका छलफलमा भारत र नेपाल पक्षले व्यापार, पारवहन र विकास निर्माणमा मुद्धामा प्राथमिकता दिएको उहाँको भनाइ छ ।

‘भारत भ्रमणले दुई देशको सम्बन्धमा आएको तिक्ततालाई मेटाएर थप सुदृढ बनाएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्तराष्ट्रिय मञ्चमा एउटै मत बनाएर जाने सहमतिले सम्बन्धलाई थप उचाइमा पुर्याएको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ