खेलकुदमन्त्री श्रीपाईली सहित खेलप्रेमीले गरे रंगशालाको सफाई

खेलकुदमन्त्री श्रीपाईली सहित खेलप्रेमीले गरे रंगशालाको सफाई

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं भाद्र ३१, ।
खेलकुद मन्त्री दलजित श्रीपाईलीको सहभागीतामा खेलकुदप्रेमीले आज काठमाडौंको दशरथ रंगशालाको सरसफाई गरका छन् ।
गत बर्षको भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निमार्णमा राष्ट्रिय खेलकुद परिषद्ले बेवास्ता गरेपछि खेलकुदप्रेमीको समुहले आज सरसफाई गरेको हो । उनीहरुले प्याराफिटमा रहेको घाँस तथा बुट्यान फालेर सफाई गरेका थिए ।

माआवादी निकट अखिल क्रान्तीकारीको अगुवाईमा भएको सरसफाई कार्यक्रममा खेलकुद मन्त्री श्रीपाईली, मन्त्रालयका अन्य कर्मचारी, खेलप्रेमी, खेलकुद महासंघका पदाधिकारी लगायतको सहभागीता थियो ।

1474019933r5

नेपालकै एकमात्र अन्तर्रा्ष्ट्रिय रंगशालाको पुनर्निर्माणमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलाउने एक मात्र रंगशालाको पुनर्निमार्णमा परिषद्ले तदारुपता नदेखाएको भन्दै चौतर्फी रुपमा चर्को आलोचना हुदै आएको छ ।

परिषदले आफ्नै हाता भित्र पर्ने रंगशालालाइ भूकम्पले र्पुयाएको क्षतीको यकिन लागत समेत संकलन गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी