युरोपा लिगमा म्यानचेष्टर युनाइटेड परराजित

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड परराजित

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी भदौ ३१ ।
युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

गएराति नेदरल्याण्ड्समा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई नेदरल्याण्ड्सको फेयनुर्डले १–० ले पराजित गरेको हो ।

खेलमा घरेलु टोली फेयनुर्डलाई विजयी गराउन टोनी भिल्हेनाले ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उता अर्को इङ्लिस क्लब साउथह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ । साउथह्याम्पटनका लागि चार्ली अष्टिनले दुई तथा राड्रिग्वेजले एक गोल गरे ।

युरोपा लिग फुटबलका अन्य खेलमा अष्ट्रियार्को यापिड भिएना, रुसको जेनीथ, ग्रिसको ओलम्पियाकोस, बेल्जियमको एन्डरलेच्ट, जर्मनीको साल्का र स्पेनको भियारियाल विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी