धरानमा सेपाक टेक्रो खेल हुने

धरानमा सेपाक टेक्रो खेल हुने

  • बिहिबार, भदौ ३०, २०७३
  • भरतराज शर्मा (गोपाल)

  • 5.2K
    SHARES

धरान,३० भदौ ।

एचआईभि संक्रमित बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्येश्यले सेपाक टेक्रो संघ सुनसरीको आयोजनामा मैत्रीपुर्ण तथा प्रदर्शनी सेपाक टेक्रो च्यारिटि खेल धरानमा हुने भएको छ ।

शिक्षाका लागि खोलिएको अक्षय कोषमा रकम जम्मा गर्दै आएका धरान  जेटिभ समुहलाई च्यारिटि खेलबाट उठेको रकम हस्तान्तरण गर्ने भएको हो ।

बिहिवार धरानमा आयोजित पत्रकार सम्मेलनमा सेपाक टेक्रो संघका अध्यक्ष बिरेन्द्र बिक्रम लिम्बुले धरान सेपाक टेक्रो टिम र सिंगापुर गोर्खाज सेपाक टेक्रो टिमबिच यही असोज ७ गते मैत्रिपुर्ण तथा प्रदर्शनी सेपाक टेक्रो च्यारिटि आयोजना हुने बताए ।

उहाले भन्नुभयो ‘यो खेल नेपालमा त्यती प्रख्यात छैन, तर थाईल्यान्ड,  लेसिया, सिंगापुर, ईन्डोनेसिया लगायतका ठांउहरुमा यो खेल प्रख्यात छ ।

हामीले सेपाक टेक्रो खेलमा प्रचारप्रसार गर्नका लागि पनि यो खेल प्रदर्शन गर्न लागेका हौं ।’ ‘नेपालमा यो खेलको शुरुवात भएको ६ वर्ष भएको बताउदै उपत्यका बाहेक बाहिरका ठांउहरुमा पहिलो पल्ट धरानमा यो खेल हुन लागेको उहाले जानकारी दिनुभयो । यो खेल भलिबल जस्तै हुने गर्दछ, तर यो खेलमा हातको
प्रयोग गर्न पाईदैन भने शरीरका अन्य भागको प्रयोग भने गर्न पाईने खालको खेल नै सेपाक टेक्रो भएको उनले बताए ।

सोही पत्रकार सम्मेलनमा संघका सचिव डम्बर राईले धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा खेल हुने बताउदै सोही क्याम्पसलाई खेलको प्रबद्र्धनका लागि एक थान सेपाक टेक्रो खेल सामाग्री समेत हस्तान्तरण गर्नेछौं । साथै विभिन्न विद्यालय तथा कलेजमा गएर खेल सम्बन्धि जानकारी तथा प्रशिक्षण गराउने कार्यक्रम रहेको सचिव राईले बताए ।

सातौं राष्ट्रिय प्रतियोगितामा सुनसरीको टिम तयार गरी पुर्वाञ्चलबाट प्रतिनिधित्व हनुे गरी खेलाडी तथा टिम तयारी गरिने समेत सचिव राईले बताए । सोही प्रतियोगितामा धरान पत्रकार टिम, धरान टिम र सिंगापुर गोर्खाज टिमबिच पनि मैत्रिपुर्ण खेल आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

यसैबिच, बिरेन्द्रबिक्रम लिम्बुको अध्यक्षतामा सेपाक टेक्रो संघ सुनसरीको नया कार्यसमिति समेत गठन भएको छ । समितिका उपाध्यक्षमा दिनेशकुमार गुरुङ, सचिवमा डम्बर राई, सहसचिवमा धिरेन्द्र लिम्बु, कोषाध्यक्षमा धनबहादुर घले चयन भएका छन भने सदस्यहरुमा क्रमशः रेखा गुरुङ, बिन्दु सुनुवार, सबिता राई, बिकास राई, रहेश राई, कालुराम गुरुङ, दिनेश रसाईली, डिकि बस्नेत र मनिकुमार रसाईली, डिकि बस्नेत र मनिकुमार तामाङ चयन भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी