नेपाल फिफा वरीयतामा दुई स्थान माथि उक्लियो

नेपाल फिफा वरीयतामा दुई स्थान माथि उक्लियो

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,३० भदौ ।
फिफा वरीयतामा नेपाल दुई स्थान उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको छ ।

सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्रा्ष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिमले यसपाली ७४ अंक जोडेको छ ।

बंगबन्धु गोल्डकप च्याम्पियन नेपाल अफगानिस्तान सहित दक्षिण एसियाली आठ देशमध्ये पाँचौं स्थानमा छ । यस क्षेत्रामा अफगानिस्तानलाई उछिन्दै साफ च्याम्पियन भारत शीर्षस्थानमा उक्लियो ।

चार स्थान फड्को मारेको भारत १ सय ४८ औं स्थानमा छ भने ठीक एक स्थानमुनि अफगानिस्तान । अफगानिस्तान पनि एक स्थान उक्लिएको हो । यी दुई टिमले केरलामा गत बर्ष भएको साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए ।

माल्दिभ्स नौ स्थानमाथि १ सय ६५ औंमा पुगेको छ । दुई स्थान झरेको बंगलादेश १ सय ८५ औंमा छ । नेपालभन्दा पछाडि भुटान (१८९), श्रीलंका (१९३) र पाकिस्तान (१९४) छन् । नोभेम्बर, २०१६ मा मलेसियामा हुने सोलिडारिटी कपमा नेपाल, श्रीलंका, पाकिस्तानसहित आठ वा नौ देशले प्रतिस्पर्धा गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी