थ्रीस्टार क्लबद्धारा बिमल र लावेल अनुबन्धन

थ्रीस्टार क्लबद्धारा बिमल र लावेल अनुबन्धन

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ,भदौ ३०।
गतबर्षको लिग विजेता टोली रुस्लान थ्रीस्टार क्लबले नयाँ सिजनका लागि थप दुई खेलाडी अनुबन्धन गरेको छ ।

राष्ट्रिय टोलीका प्रभावशाली युवा स्ट्राईकर विमल घर्तिमगर र अफ्रिकन खेलाडी लावेललाई नयाँ सिजनका लागि थ्रीस्टारले अनुबन्धन गरेको हो ।

नयाँ सिजनमा घरेलु र अन्तराष्ट्रि«य प्रतियोगितामा प्रभावशाली खेल प्रर्दशन गर्न नयाँ खेलाडी अनुबन्धन गरिएको क्लबका अध्यक्ष अरुणमान जोशीले बताएका छन् ।

अनुबन्धनको रकम भने दुवै पक्षको सहमतीमा गोप्य राखिएको जोशीको भनाई छ । स्ट्राईकर विमल र सेन्टर मिडफिल्डर लावेलले यसअघि सुदुरपश्चिमको टोलीबाट खेलेका थिए ।

एएफसी कपको प्ले अफमा छनोट भएको थ्रीस्टार भारतमा आगामी साता हुन गईरहेको र्बोडोलोई ट्रफी खेल्न पर्सी शनिबार त्यसतर्फ जाँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी