युएफा च्याम्पियन्स लिग आजबाट सुरु हुदै

युएफा च्याम्पियन्स लिग आजबाट सुरु हुदै

  • मङ्लबार, भदौ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौ भदौ २८ ।
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । प्रतियोगिताको पहिलो दिन आज राति विभिन्न समुहका ८ खेलहरु हुँदैछन् ।

समुहको ए को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मन पिएसजी र इङ्ल्यान्डको आर्सनलबीच प्रतिस्पर्धा हुनेछ भने स्विट्जरल्याण्डको एफसी बाजलले बुल्गेरियाको लुदोगोरेट्स राजगार्डको सामना गर्नेछ ।

यसैगरी समुह बी का खेलहरुमा पोर्चुगलको बेनिफिका र टर्कीको बेसिक्टास तथा युक्रेनको डाईनामो किभ र ईटालीको नापोली भिड्नेछन् ।

समुह सी को खेलमा स्पेनको बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकसँग खेल्दा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसीया एम्ब्याचसँग खेल्नेछ ।

यसैगरी आज राति नै हुने समुह डि का खेलहरुमा जर्मनीको बायर्न म्युनिख र रुसको एफसी रोस्तोभ तथा नेदरल्यानण्ड्को पि।एस।भी आईन्डोभन र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् ।

च्याम्पियन्स लिग फुटबलका बाँकी ४ समुहका लिग खेलहरु नेपाली समय अनुसार भोली राति हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी