एजेन्सी, भदौ २७।
युएस ओपन टेनिस प्रतयोगिताको पुरुषतर्फको उपाधि स्टानिस्लास वावरिङ्काले जितेका छन् ।
अमेरिकाको न्युयोर्क्स्थित फ्लसीङ मिडोजमा आज बिहान भएको फाइनल खेलमा उपाधि दावेदार नोभाक जोकोभिचलाई हराउदै उपाधी कब्जा गरेका हुन् ।
१२ पटकका ग्रान्ड स्लमा विजेता सर्वियन खेलाडी जोकोभिचलाई उनले ३–१ को सेटमा हराएका हुन् । स्विस खेलाडी वावरीङ्काले ६–७, ६–४, ७–५ र ६–३ को सेटमा जितेका हुन् ।
उनको यो उपाधि करियरको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । उनले यसअघि सन् २०१४ मा अष्ट्रेलियन ओपन तथा २०१५ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline