सोलिडारिटी कप फुटबलको लोगो र खेल तालिका सार्वजनिक

सोलिडारिटी कप फुटबलको लोगो र खेल तालिका सार्वजनिक

  • बिहिबार, भदौ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२३ भदौ, काठमाडौं ।

एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लोगो तथा खेलतालिका सार्वजनिक गरिएको छ ।

एशियाली फुटबल महासंघ एएफसीको आयोजनामा हुन लागेको प्रतियोगिता मलेसियामा आागामी नोभेम्बर २ देखि १५ तारिखसम्म हुनेछ ।

प्रतियोगितामा ८ वा ९ टोलीको सहभागिता रहने एएफसीले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ ।

२०१८ को विश्वकप र २०१९ को एसियन कप छनौटबाट बाहिरिइसकेका ६ टोलीलाई फिफा बरियताको आधारमा क्रमैसँग राखिएको छ ।

जसमा नेपाल, श्रीलंका, पाकिस्तान, मकाउ, ब्रुनाई र मंगोलियालाई समावेश गरिएको छ । अन्य दुई वा तीन टोलीको टुंगो भने आगामी अक्टोवर ११ मा हुने एसियन कप छनौट प्लेअफ सकिएपछि लाग्नेछ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित पाकिस्तान र ब्रुनाइ छन् । साथै इस्ट टिमोर र ताइवान तथा भुटान र बंगलादेशबीच एक टोली समूह एमा रहनेछन् ।

आगामी अक्टोवर १० मा हुने एसियन कप छनौट प्ले अफमा भुटान बंगलादेशसँग पराजित भएमा प्रतियोगितामा ८ टोलीमात्र समावेश गराइनेछ भने नेपाल रहेको समूह एमा चार टोलीमात्र रहनेछन् । एएफसीका अनुसार भुटानले प्रतियोगिता खेल्न इच्छा देखाएको छैन ।

समूह बीमा श्रीलंका, मकाउ र मंगोलिया छन् । यस समूहको अर्को टोली माल्दिभ्स र लाओसमध्ये एक हुनेछ । दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

लामो समयसम्म अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न नपाउने फिफा बरियातामा पछिल्ला क्रममा रहेका एशियाली मुलुकका टोलीहरुलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा ल्याएको हो । एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि यसलाई त्यसैको विकल्पको रुपमा समेत हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी