पाकिस्तानद्धारा इंग्ल्याण्ड ९ विकेटले पराजित

पाकिस्तानद्धारा इंग्ल्याण्ड ९ विकेटले पराजित

  • बिहिबार, भदौ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी,भदौ२३।
पाकिस्तानसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड पराजित भएको छ । गएराति वल्ड ट्रफोर्डमा भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य पाकिस्तानले १४ दशमलव २ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानका लागि शारजित खानले ३६ बलमा सात चौका र तीन छक्काको मद्दतमा ५९, खालिद लातिफले ४२ बलमा ८ चौका र दुई छक्काको मद्दतमा नटआउट ५९ तथा बाबर अजामले नटआउट १५ रन बनाए ।

इंग्ल्याण्डका अदिल रशिदले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । इंग्ल्याण्डका एलेक्स हेल्सले ३७ तथा ज्यासन रोयले २१ रन बनाए ।

पाकिस्तानका वाहब रियाजले तीन तथा हसन अली र इमाद वासिमले दुई दुई विकेट लिए । यसअघि भएको पाँच एक दिवसीयको श्रृँखला भने इंग्ल्याण्डले ४–१ ले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी