काठमाण्डौ, २२ भदौ।
क्रिकेटरद्वय आरिफ शेख र सुनिल धमलालाई सिप्रदी समूहले दुई वर्षका लागि प्रायोजन गरेको छ ।
प्रायोजन बापत सिप्रदीले दुवै खेलाडीलाई महिनाको जनही २० हजार रुपैयाँ दिने छ । काठमाडौंमा आज भएको कार्यक्रममा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कालिकोटका १९ वर्षे धमला र विरगञ्जका १८ वर्षे शेख दुवै जना १९ वर्षमुनिको राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हुन् ।
यो प्रायोजनाले आफूहरुलाई खेलमा लाग्न अझै प्रेरणा मिल्ने उनीहरुको भनाई छ । यसअघि गएको १६ गते क्रिकेट खेलाडीहरु राजु रिजाल र प्रेम तामाङलाई एनआइसी एशिया बैंकले प्रायोजन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline