धनकुटा, भदौ २१ ।
जिल्लास्तरीय ब्याडमिन्टन खेलकुद प्रतियोगिताको उपाधि नारायण विश्वकर्मा र केशर लिम्बूको जोडीले हात पारेको छ ।
धनकुटामा सम्पन्न फाइनलमा योगेश्वर श्रेष्ठ र शिखर श्रेष्ठको जोडीलाई २१–१७ र २१–१५ को सोझो सेटमा हराउँदै उनीहरुले उपाधि कब्जा गरेका हुन् ।
विजेता जोडीले कपसहित २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्लाका ४५ जोडीको सहभागिता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline