एजेन्सी भदौ २०।
पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।
कार्डिफमा ३ सय ३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७७ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो ।
मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए । रिवाजले ३४ र आसिम १६ रनमा अविजित रहे । शोएव मल्लिकले ७७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । उसका लागि जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रनको योगदान दिए ।
यद्यपि हारका बावजुद इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पाँच म्याचको श्रृखला ४–१ ले जितेको छ ।