विश्वकप छनोट चरणको खेलमा इंग्लण्ड, जर्मनी र डेनमाक विजयी

विश्वकप छनोट चरणको खेलमा इंग्लण्ड, जर्मनी र डेनमाक विजयी

  • सोमवार, भदौ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी भदौ २० ।
विश्वकप छनोट चरण अन्तर्गतको गएराति भएको खेलमा इंग्लण्ड, जर्मनी र डेनमार्क विजयी भएका छन् ।

युरोपेली छनौटको समुह सी को खेलमा जर्मनीले नर्वेलाई ३–० ले हराएको हो । विश्व च्याम्पियन जर्मनीको लागि थोमस मुलरले दुई तथा जोसुवा किमिचले एक गोल गरे ।

यही समुहको अर्को खेलमा चेक गणतन्त्र र नदर्न आयरल्याण्डले गोलरहित बराबरी खेल्दा अजरबैजानले सान मारिनोलाई १–० ले हरायो ।

उता समुह एफ को खेलमा इंग्लण्डले स्लोभाकियालाई १–० ले पराजित गरेको छ । इंग्लण्डलाई विजयी गराउन एडम लालानाले ९० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यही समुहको अर्को खेलमा स्कटल्याण्डले माल्टालाई ५–१ ले हराँउदा लिथुआनिया र स्लोभेनियाले २–२ गोलको बराबरी खेलेका छन् ।

यसैगरी विश्वकप छनौट अन्तर्गत युरोपेली समुह ई को खेलमा डेनमार्कले अर्मे्नियालाई १–० ले हराँउदा काजखस्तान र पोल्याण्डले २–२ गोलको तथा रोमानिया र मोन्टेनेग्रोले १–१ गोलको बराबरी खेलेका छन् । विश्वकप फुटबल प्रतियोगिता सन् २०१८ मा रुसमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी