जोकोभिच र नाडाल युएस ओपन टेनिसको चौथो चरण पुग्न सफल

जोकोभिच र नाडाल युएस ओपन टेनिसको चौथो चरण पुग्न सफल

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी , भाद्र १८ ।

शीर्ष बरियाताका नोभाक जोकोभिच र चौथो बरियाताका राफेल नाडालले युएस ओपन टेनिसको चौथो चरणमा स्थान बनाएका छन् ।

रसियाका मिखाएल योज्नीले पहिलो सेट जारी रहँदा ३१ औं मिनेटमा कोर्ट छाडेपछि सर्बियन जोकोभिच अघिल्लो चरण प्रवेश गरेका हुन् ।

यस्तै स्पेनी नाडालले रसियाका एण्ड्री कुज्नेत्सोभलाई ६–१, ६–४ र ६–२ को सोझो सेटमा हराए ।

पुरुष एकल तर्फकै अर्को खेलमा सातौं बरियाताका मारिन किलिकलाई सोझो सेटमा पराजित गर्दै अमेरिकाका ज्याक सक पनि चौथो चरण प्रवेश गरेका छन् ।

फ्रान्सका जो वेल्फ्रेड सोङ्गा र गेल मोन्फिल्स, साईप्रसका मार्कोस बाग्डाटिस र बेलायतका काएल एड–मुन्ड पनि आ–आफ्नो खेलमा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

महिला एकल तर्फ भने दोस्रो वरियाताकी जर्मन एंगेलिक केरबरले अमेरिकाकी क्याथेलिन बेरिकमाथि ६–१ र ६–१ को सहज जित हात पारिन । अन्य खेलमा ईटलीकी रोबेर्टा भिन्सी, डेनमार्ककी क्यारोलिन वाज्नेस्की, अमेरिकाकी मेडिसन केईज, चेक रिपब्लिककी पेट्रा भिटोभा, बेलायतकी जोनाथन कोन्टा, युक्रेनकी लेसिया सुरेन्कोले पनि आ–आफ्नो खेलमा जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी